बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि सिंहदरबारमा ग्यास सिलिन्डर प्रतिबन्ध

बुधबार, ०१ भदौ २०७९, १२ : ५६
बुधबार, ०१ भदौ २०७९

देशको प्रमुख प्रशासकीय निकाय सिंहदरबारमा आजदेखि एलपीजी ग्यास विस्थापन गरिएको छ । 

अर्थमन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत सिंहदरबारको ग्यास चुलो हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेको थियो ।

सोअनुसार, आज भदौ १ गतेदेखि विद्युतीय चुलो प्रयोगमा ल्याइएको अर्थमन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने, सिलिन्डर भए गेटबाटै फर्काउने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप