जसपा राजनीतिक समितिको बैठक बस्दै
बुधबार, ०१ भदौ २०७९, १२ : ४५
जनता समाजवादी पार्टी नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल गर्न आज राजनीतिक समितिको बैठक बोलाइएको कार्यकारिणी सदस्य मनिष सुमनले बताए ।
राजनीतिक समितिमा प्रस्तुत हुने एजेण्डाको विषयमा छलफलका लागि कार्यकारिणी समितिका बैठक चलिरहेको छ । जसपाको पार्टी कार्यालयमा कार्यकारिणी समितिको जारी रहेको छ । जसपाबाट डा.बाबुराम भट्टराईको समूह अलग भएपछि राजनीतिक समितिको यो पहिलो बैठक हो । यो बैठकले पार्टी समायोजन तथा संगठन विस्तारका कामलाई अगाडि बढाउने निर्णय समेत गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : महत
-
बाल मानव अधिकार रक्षकहरूको तीनदिने राष्ट्रिय भेला सम्पन्न
-
साहित्यकार शर्मा र साहित्यिक संस्था चिया कवितालाई लुसुन प्रज्ञा पुरस्कार
-
युवकलाई बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ
-
अफवाह फैलाउने १० युट्युब च्यानल कारबाहीमा
-
रेखा भन्छिन्– सन्तान जन्माएपछि महिला झन् जवान हुन्छन्