बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा राजनीतिक समितिको बैठक बस्दै

बुधबार, ०१ भदौ २०७९, १२ : ४५
बुधबार, ०१ भदौ २०७९

जनता समाजवादी पार्टी नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल गर्न आज राजनीतिक समितिको बैठक बोलाइएको कार्यकारिणी सदस्य मनिष सुमनले बताए ।

राजनीतिक समितिमा प्रस्तुत हुने एजेण्डाको विषयमा छलफलका लागि कार्यकारिणी समितिका बैठक चलिरहेको छ । जसपाको पार्टी कार्यालयमा कार्यकारिणी समितिको जारी रहेको छ ।  जसपाबाट डा.बाबुराम भट्टराईको समूह अलग भएपछि राजनीतिक समितिको यो पहिलो बैठक हो । यो बैठकले पार्टी समायोजन तथा संगठन विस्तारका कामलाई अगाडि बढाउने निर्णय समेत गर्ने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप