शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तीन हाइड्रोपावरको शेयर कारोबार प्रारम्भ

बुधबार, ०१ भदौ २०७९, १२ : २६
बुधबार, ०१ भदौ २०७९

नेप्सेमा बुधबार तीन जलविद्युत कम्पनीको शेयर कारोबार प्रारम्भ भएको छ । 

मंगलबार नेप्सेमा सूचीकृत भएका श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र मन्दाकिनी हाइड्रोपावरले जारी गरेको साधारण सेयरको आजबाट दोस्रो बजार कारोबार प्रारम्भ भएको हो ।

आजको प्रि–सेसन कारोबारमा मन्दाकिनीको प्रतिकित्ता २३७ रुपैयाँ ३० पैसामा, अपर सोलुको ३२४ रुपैयाँ ६० पैसा र श्वेतगंगाको २६९ रुपैयाँमा पहिलो कारोबार भएको नेप्सेले जनाएको छ । स्पेशल प्रि–ओपन सेसनमा कारोबार भएपश्चात अब यी कम्पनीहरुको सेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप