बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बोल्न थाले सलमान रुस्दी

बुधबार, ०१ भदौ २०७९, १२ : ०४
बुधबार, ०१ भदौ २०७९

गतसाता न्युयोर्क राज्यमा एक कार्यक्रममा छुरा प्रहारमा परेका बेलायती लेखक सलमान रुस्दी बोल्न थालेका छन् । अनुसन्धानकर्ताहरूसँगको कुराकानीमा रुस्दी बोल्न थालेका कानून प्रवर्तन अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । गत शुक्रबार न्युयोर्क राज्यको चौताउवा इन्स्टिच्युसनको स्टेजमा छुरा प्रहार भएपछि रुस्दी अहिले अस्पतालमा उपचाररत छन् । ​

कार्यक्रमको स्टेजमा पुगेर आक्रमणकारीले ७५ वर्षीय रुस्दीलाई हमला गरेका थिए । गम्भीर घाइते रुस्दीलाई आक्रमणकारीले शरीरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए । उनको शल्यक्रिया भएको थियो । 

कानुन प्रवर्तक अधिकारीका अनुसार लेखक सोमबार होसमा थिए र उनी अनुसन्धानकर्ताहरूलाई जवाफ दिन सक्षम थिए । यद्यपि, विश्वलाई स्तब्ध पार्ने हमलाको सम्बन्धमा रुस्दीले अनुसन्धानकर्ताहरूलाई के भनेका थिए भन्ने कुनै उल्लेख छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप