शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फागुनमा रिलिज हुँदै आँचल र विवेकको ‘बर एन्ड बधु’

बुधबार, ०१ भदौ २०७९, ११ : ३४
बुधबार, ०१ भदौ २०७९

मिलन चाम्सको निर्देशन रहेको फिल्म ‘बर एन्ड बधु’ १९ फागुनबाट प्रदर्शनमा आउने भएको छ । रोमानियामा फिल्मको छायाङ्कन सकेर नेपाल फर्किएलगत्तै निर्माण टिमले फिल्मको प्रदर्शन मिति तय गरेको हो । फिल्म प्रदर्शनका लागि १९ फागुन उपयुक्त देखेर प्रदर्शन मिति तोकिएको निर्देशक चाम्सले बताए । चाम्सले वितरकले पनि फागुनलाई प्रदर्शनका लागि सुझाएको सुनाए ।

प्रेमकथामा निर्माण भएको फिल्ममा आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । रोमानियामा छायाङ्कनका केही तस्वीर समेत निर्माण पक्षले सार्वजनिक गरेका छ । जसमा आँचल र विवेक रोमान्टिक देखिएका छन् ।

एलआरके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । फिल्ममा जानुका थापाको समेत लगानी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप