गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन– कमल थापा
बुधबार, ०१ भदौ २०७९, ११ : २४
राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नरहेको बताएका छन्। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता रहेको उनले बताएका हुन्।
‘धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरौँ,’ बुधबार उनले ट्वीटरमा लेखेका छन्, ‘गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो ।’ हिजो सम्पन्न भएको केन्द्रीय समितिको बैठकले पार्टीलाई पुर्ण रुपमा निर्वाचन केन्द्रित गराउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असोजमा विशेष महाधिवेशन गर्नेगरी केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरौँ : जनार्दन शर्मा
-
स्वास्थ्य एआईको विषयमा छलफल गर्न ‘हाइकन’ सम्मेलन
-
यो एयरबड्सले गरिदिन्छ गर्दागर्दैको कुरा अनुवाद
-
कल सेन्टरको आवरणमा लटरी र सट्टेबाजी : दुई भारतीय र ५ नेपालीविरुद्ध मुद्दा
-
मधेस प्रदेश सभाको चौथो अधिवेशन सुरु
-
‘पटकपटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’