द्वन्द्वपीडित बडूलाई राहतको चिठी आयो, रकम आएन
![द्वन्द्वपीडित बडूलाई राहतको चिठी आयो, रकम आएन](https://rpcdn.ratopati.com/media/albums/Nand-Raj-Badu_e0gYhmO24H.jpg)
बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका नन्दराज बडू द्वन्द्वपीडित हुन् । उनी तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीमा संलग्न भएकाले उनका बुबालाई बेपत्ता पारियो । बुबाको अवस्था अझै अज्ञात छ ।
२० वर्षअघि २०५९ सालमा व्यक्तिगत कामका लागि बैतडीबाट कञ्चनपुर जाँदै गरेका उनका बुबा गंगादत्त बडू बाटोबाटै बेपत्ता भए । द्वन्द्वका कारण बुबा गुमाएका नन्दराजको शरीरका अंगले कुटाइ खाएका कारण राम्रोसँग काम गर्दैनन् ।
यस विषयमा समाचार प्रशारण तथा प्रकाशन भएपछि नन्दराजबारे छानबिन गरी राहत स्वरुप १० लाख रकम प्रदान गरिने चिठी प्राप्त भयो । तर, उक्त चिठी अनुसारको रकम भने अझै पाइएको छैनन् । नन्दराजलाई गृह मन्त्रालयमार्फत १० लाख रकम उपलब्ध गराउन बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सिफारिस गरेको छ । उक्त चिठी नन्दराजका नाममा गत १३ जेठमा पठाइएको थियाे । तर, उनले हालसम्म रकम पाउने विषयमा अन्य जानकारी प्राप्त गरेका छैनन् ।
नन्दराजका छोरासमेत अपांग छन् । छोराको उपचार गर्न र पैसा जुटाउन भारतका विभिन्न ठाउँहरूमा मजदुरी गरे पनि छोराको उपचार सम्भव भइसकेको छैन् । उनले दर्जनौँ पटक तत्कालीन शान्ति समिति, जिल्ला प्रशासन कार्यालय, मानव अधिकारवादी संस्था सबै ठाउँ धाए पनि केही सहयोग नपाएको गुनासो गरे ।
‘बुवाको मृत्यु भएको जानकारी मात्रै पाए पनि काज किरिया गर्थे। तर, न सास न लास भनेझैँ केही खबर पाएको छैन,’ नन्दराज भन्छन् । उनका बुबालाई तत्कालीन सरकारी पक्षले मारेको हुनसक्ने उनको आशंका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंका तर्फबाट पुन बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता
-
मेरा कृति आफ्नै लयमा बाँच्नेछन्
-
राष्ट्रिय महत्वका आयोजना कार्यान्वयनमा क्रियाशील छु : वनमन्त्री शाही
-
‘नवीकरणीय ऊर्जा’ तर्फ उन्मुख जापान
-
रासायनिक मल ९८ हजार मेट्रिक टन मौज्दात
-
सार्वजनिक—निजी साझेदारीमा पहिलो पटक प्रशारण लाइन निर्माणको सुरुवात