उम्मेदवारको मापदण्ड तोक्न एकीकृत समाजवादीले बोलायो बैठक
बुधबार, ०१ भदौ २०७९, १० : ४१

नेकपा (एकीकृत समाजवादी) पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्ड तय गर्ने भएको छ । उम्मेदवारको मापदण्ड तय गर्न बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठक बस्दैछ ।
बैठक दिउँसो २ बजे पार्टी मुख्यालय आलोक नगरमा बस्नेगरी बोलाएको उपमहासचिव डा विजय पौडेलले जानकारी दिए । सो पार्टीका नेताहरुका अनुसार सचिवालय बैठकले मापदण्ड तय गरेर निर्वाचन क्षेत्र कमिटीलाई तोकिएको मापदण्डभित्र रहेर उम्मेदवार सिफारिस गर्न सर्कुलर जारी गरिनेछ ।
नेकपा समाजवादी सत्तारुढ दलमा तेस्रो ठूलो दल छ । पाँच दलीय गठबन्धनमा रहेका दलहरूलाई १६५ मध्ये कुन दलले कति सिट पाउने भन्ने टुंगो लागि सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता