शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

जसपा छोडेका राई एमाले प्रवेश गर्दै

बुधबार, ०१ भदौ २०७९, १० : २४
बुधबार, ०१ भदौ २०७९

जनता समाजवादी पार्टी (जसपा) का नेता हेमराज राई नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । 

राईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने तयारी भइरहेको छ । 

नेता राईले गत साउन १ गते जसपाबाट राजीनामा दिएका थिए । भोजपुर घर भएका हेमराज विगतमा अशोक राईसँगै एमाले परित्याग गरे पनि उनी पुनः एमालेमै फर्कन लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप