शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वावेद्वारा सीड्स फर द फ्युचरको उद्घाटन

बुधबार, ०१ भदौ २०७९, १० : १८
बुधबार, ०१ भदौ २०७९

ह्वावेले सीड्स फर द फ्युचर-२०२२ को उद्घाटन गरेको छ ।  यो ह्वावेको ग्लोबल फ्ल्यागशिप सीएसआर कार्यक्रम भएको कम्पनीको भनाइ छ ।  जुन सबै आईसीटी सम्बन्धी विषयहरूका स्नातक तहका विद्यार्थीहरूका लागि लक्षित छ । ह्वावेले नेपालमा कार्यक्रम सुरु गरेको यो दोस्रो वर्ष हो । कार्यक्रम पहिलो पटक थाइल्याण्ड मा २००८ मा सुरु भएको थियो। त्यसबेलादेखि १३० भन्दा बढी देश र क्षेत्रका १२,००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएको कम्पनीले जनाएको छ । 

यस वर्ष नेपालभरबाट २५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ । त्यसपछि प्रा. डा. शशिधर राम जोशी, प्रा. तिमिला यमी थापा, प्रा. डा. सुवर्ण शाक्य र प्रा. डा. मनिष पोखरेलले लिएको जीपीए, प्रेरणा पत्र र छनोट अन्तर्वार्ताका आधारमा ७ जना विद्यार्थीलाई छनोट गरिएको थियो । नेपालबाट छनोट भएका ७ विद्यार्थीको सूची यसप्रकार छ-

निर्माण खड्का - काठमाडौं विश्वविद्यालय
बंशज पौडेल - मदन भण्डारी मेमोरियल कलेज 
जतिन भुसाल - ख्वोपा ईन्जिनियरिङ कलेज
रीया बैद्य - पुल्चोक क्याम्पस
नदिका पौडेल - पुल्चोक क्याम्पस
प्रज्ञा मल्लिक - काठमाडौं विश्वविध्यालय
अजु तामाङ्       अमृत साइन्स क्याम्पस 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप