शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युएस ओपन अघि सेरेना विलियम्सलाई झट्का, सिनसिनाटीमा पहिलो राउन्डमा किशोरसँग हारिन्

बुधबार, ०१ भदौ २०७९, ०९ : ४७
बुधबार, ०१ भदौ २०७९

यसै महिना हुन लागेको युएस ओपन ग्राण्डस्लाम खेलअघि अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई ठूलो धक्का लागेको छ । अमेरिकामा भएको सिनसिनाटी ओपन खेलमा उनी बेलायतकी १९ वर्षीया एम्मा रादुकानुसँग हारेर पहिलो राउण्डमै बाहिरिएकी छिन् ।

२३ पटकका ग्राण्डस्लाम विजेता विलियम्स सीधा सेटमा ६–४, ६–० ले पराजित भइन् । पूरा म्याचका बेला तनावमा देखिएकी र त्यसपछि पाएको हारपछि सेरेना विलियम्स मिडियासँग कुराकानी नगरी कोर्टबाट बाहिरिइन् ।

गत हप्ता भोग म्यागजिनका लागि लेखिएको लेखमा ४० वर्षीया सरिना विलियम्सले अब आफू अन्य महत्त्वपूर्ण कुराहरूमा लागिरहेको बताएकी थिइन् । यसपछि उनले इन्स्टाग्राम पोस्टमा लेखिन्, ‘काउन्टडाउन सुरु भइसकेको छ ।’

यसैकारण सेरेना विलियम्सले यूएस ओपनपछि सन्यासको घोषणा गर्नसक्ने अनुमान अत्यधिक गरिएको थियो । । युएस ओपन यही महिना अगस्टको २८ तारिखबाट सुरु हुँदैछ ।

लामो समयको चोटपछि सेरेना विलियम्स यस वर्ष जुनमा विम्बल्डन खेलबाट सिङ्गल्समा फर्किएकी थिइन् । उनले युएस ओपन खेल्ने बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप