शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइन जुवा खेलेको आरोपमा बौद्धबाट १५ जना पक्राउ

बुधबार, ०१ भदौ २०७९, ०९ : २९
बुधबार, ०१ भदौ २०७९

अनलाइन बिंगो (जुवा) खेलेको आरोपमा प्रहरीले बौद्धबाट १५ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ स्थित लामा पम्प नजिकै सिन्धुपाल्चोक घर भएका २६ वर्षीय निमा शेर्पाले टिनको टहरामा संचालन गरेको खाजा घरमा छापा मारेर आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बिंगो खालबाट १ लाख ६० हजार नगद बरामद गरिएको छ । अनलाइन एप्स मार्फत बिंगोको टिकट बाँडेर बिंगो  खेलाउने गरिन्छ । ठुलो आवाजको स्पिकर राखेर हारजित हुनेगरी बिंगो खेल्नेहरुमाथी प्रहरी वृत बौद्धले जुवा मुद्दामा अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप