काठमाडौं महानगरको २ अर्ब ४ करोड २७ लाख ७६ हजार ७०५ रुपैयाँ बेरुजु फर्स्योट
काठमाडौं महानगरपालिकाको २ अर्व ४ करोड २७ लाख ७६ हजार ७०५ रुपैयाँ ९४ पैसा बेरुजु फर्स्योट भएको छ ।
आर्थिक बर्ष ०७३/०७४ देखि ०७६/०७७ सम्म ४ बर्षको ४ अर्व २ करोड ५७ लाख ९९ हजार रकम बेरुजु कायम थियो । यसबाट फर्स्योट हुन बाँकी २ अर्ब ७ करोड ३० लाख २२ हजार ६३२ रुपैयाँ बेरुजुमा आर्थिक वर्ष ०७७/०७८ को १ अर्व ६ करोड ७४ लाख ४४ हजार रुपैयाँ बेरुजु थपिएको आन्तरिक लेखा परीक्षण तथा समपरीक्षण एकाइका प्रमुख गोपालप्रसाद पोखरेलले जानकारी दिए । यसरी हेर्दा अब महानगरले फर्स्योट गर्नुपर्ने बेरुजुको अङ्क ३ अर्ब ८५ करोड ४ लाख ६७ हजार पुगेको छ ।
‘बेरुजु फर्स्योटमा हामीले प्राप्त भएको उपलब्धी महत्वपूर्ण हो । यति ठूलो रकम फर्स्योट न विगतमा भएको थियो । सम्भवतः न भविष्यमा हुन्छ ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले भने, ‘धेरै मिहिनेत र सामुहिक प्रयासले यो सम्भव भएको हो । कतिपय बेरुजु प्रक्रियामा आवश्यक पर्ने कागजपत्र नभएर पनि देखिएको छ । प्रक्रियागत सामान्य सुधारबाट पनि बेरुजुको संख्या कम गराउन सकिन्छ । विगतको सिकाइबाट वित्तिय सुशासनमा हामी कडाईका साथ काम गर्नेछौँ ।’
महालेखा परीक्षकको कार्यालयले आर्थिक बर्ष २०७३/०७४ देखि काठमाडौं महानगरपालिकाको अन्तिम लेखापरीक्षण गर्न सुरु गरेको हो । त्यसपछिका आर्थिक वर्षहरुको छुट्टाछुट्टै वार्षिक लेखा परीक्षण प्रतिवेदनमा बेरुजु कायम गरिएको छ । जसअनुसार सुरुको वर्ष अर्थात् आर्थिक बर्ष २०७३/०७४ सम्म भएको १ अर्व १० करोड २५ लाख ५८ हजार ३३८ रुपैयाँ बेरुजुमध्ये २५ करोड ९५ हजार ३६६ रुपैयाँ ६२ पैसा बेरुजु फर्स्योट भयो । समपरीक्षण एकाइका प्रमुख पोखरेलका अनुसार यो बर्षमा असुल गर्नुपर्ने ६ करोड ११ लाख ६० हजार रुपैयाँ, अनियमित देखिएको ४९ लाख ४४ हजार रुपैयाँ र प्रमाण कागजात पेश नभएको ८१ करोड ९२ लाख ५ हजार रुपैयाँ थियो ।
आर्थिक बर्ष २०७४/०७५ मा उठान भएको ३४ करोड २७ लाख ३० हजार बेरुजु रकममा १९ करोड ४४ लाख ३१ ह्जार ५७७ रुपैयाँ ३३ पैसा फर्स्योट भयो । यसमा १० करोड ६७ लाख ६५ हजार रुपैयाँ असुल गर्नुपर्ने, १३ करोड ७४ लाख ८६ हजार रुपैयाँ अनियमित देखिएको र २ करोड ३४ लाख २५ हजार रुपैयाँ प्रमाण कागजपत्र पेश नभएको रकम भएको पोखरेलको भनाइ छ ।
यसै गरी आर्थिक बर्ष २०७५/०७६ मा औँल्याइएको १ अर्ब ४३ करोड ९३ लाख ५७ हजार रुपैयाँ बेरुजुमध्ये ४४ करोड ४८ लाख ९६ हजार ५०२ रुपैयाँ ९८ पैसा फर्स्योट भयो । यसमा ४ करोड १३ लाख ६४ हजार रुपैयाँ असुल गर्नुपर्ने, ३५ करोड ११ लाख ५५ हजार रुपैयाँ अनियमित भएको र १३ करोड ६ लाख २ हजार रुपैयाँ प्रमाण कागजपत्र पेश नभएको बेरुजु थियो ।
आर्थिक बर्ष २०७६/०७७ मा १ अर्ब ९४ करोड ११ लाख ५४ हजार रुपैयाँ बेरुजु उठान भएकोमा १ अर्ब १४ करोड ५६ लाख ६२ हजार २५९ रुपैयाँ १ पैसा फर्स्योट भएको छ । उठान भएको बेरुजु रकममध्ये ५३ करोड ४८ लाख ५३ हजार रुपैयाँ असुल गर्नुपर्ने, १ अर्ब ३ करोड १९ लाख १९ हजार रुपैयाँ अनियमित भएको र ३१ करोड १६ लाख १६ हजार रुपैयाँ प्रमाण कागजपत्र पेश नभएको बेरुजु रकम थियो ।
विगतमा भएको बेरुजु अङ्क घटाउन तथा आउँदा दिनमा हुन नदिन महानगरको आन्तरिक लेखापरीक्षण शाखाले नियमित रुपमा आन्तरिक लेखापरीक्षण गर्ने गरेको छ । यसरी गरिएको कामको चौमासिक र बार्षिक प्रतिवेदन तयार हुन्छ । यसबाट वेरुजु उठान हुने गरेको छ ।
रजिष्ट्रार्ड लेखापरीक्षकबाट अन्तिम लेखा परीक्षण गराउँदा आर्थिक बर्ष २०७२/०७३ को अन्त्यसम्ममा ३६ करोड १५ लाख १० हजार ३ सय १३ रुपैयाँ बेरुजु थियो । त्यस अघिको ६५ करोड ७६ लाख ३५ हजार १ सय ३९ रुपैयाँ बेरुजु मध्ये २९ करोड ६१ लाख २४ हजार ८ सय २५ बेरुजु फर्स्योट भएर यो अङ्क कायम भएको थियो ।
महालेखा परीक्षकबाट प्राप्त ४ बर्षको प्रतिवेदनले औल्याएका बेरुजुलाई शून्य गर्न र आगामी दिनमा बेरुजु नहुने सुनिश्चित गर्न नीतिगत तहबाट समसामयिक कानुन निर्माण र संशोधन गर्नुपर्छ । पोखरेल भन्छन्, ‘योजना तथा कार्यक्रम कार्यान्वयनमा बाधा आए तत्काल कार्यपालिका वा नगरसभामा लगेर निर्णय गर्नुपर्छ । कार्यान्वयन तहले आफ्नो क्षेत्रको वार्षिक कार्यतालिका बनाएर योजना तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्छ । जिम्मेदारीअनुसार अनुगमन गर्ने तथा पृष्ठपोषण लिने दिने भएमा बेरुजुको क्रमशः शुन्यता तिर जान्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो