बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भातभन्दा रोटी खाँदा तौल कम बढ्छ ? के भन्छन् विशेषज्ञ ?

बुधबार, ०१ भदौ २०७९, ०९ : १४
बुधबार, ०१ भदौ २०७९

भात र रोटी हाम्रो आहारको महत्त्वपूर्ण हिस्सा हो । यी दुईबीचको युद्ध निकै पुरानो हो । भात र रोटीमा कुन राम्रो भन्ने बहस लामो समयदेखि हुँदै आएको छ । हामीले जुनसुकै खानेकुरा खान्छौँ त्यसबाट ऊर्जा प्राप्त हुन्छ । तर तौल घटाउन चाहनेहरूले तौल घटाउन विभिन्न उपाय अपनाउने गर्छन् । धेरैले क्यालोरी नियन्त्रण गर्ने पनि गरेका हुन्छन्   । यस्तोमा कतिपय मानिस तौल घटाउन रोटी वा भातमा के खाने र के नखाने भन्ने दुविधामा रहन्छन् । धेरैले तौल घटाउने प्रयास गर्दै गर्दा अन्न खान छोड्छन् । यसो गर्नु ठीक होइन, किनभने खाना खान पुनः सुरु गर्दा तौल पहिलेको भन्दा पनि बढ्छ । भात वा रोटी के खाने भन्ने विषयमा भारतकी डाइटिशियन स्वाति विष्णोईले जानकारी दिइरहेकी छिन् ।

भात खाएपछि हल्का महसुस हुन्छ

स्वातिका अनुसार यी दुईमध्ये के खाने भनेर व्यक्ति पिच्छे फरक हुनसक्छ  । तपाईले शरीरको प्रतिक्रिया हेरेर कुन कुराले बढी ऊर्जा दियो र तपाईंले हल्का महसुस गर्नुभयो भन्ने निर्धारण गर्नुपर्छ । कतिपयलाई भात खाएपछि पनि भोक लाग्छ, किनभने रोटीले जस्तै भातले भोक नमेटाएको उनीहरुलाई भान हुन्छ । कतिपय मानिस भात खाएर बढी सन्तुष्ट हुन्छन् ।

धेरै खानु हानिकारक

कुनै पनि चिज धेरै खाँदा तौल बढ्छ । आहारविज्ञ स्वातिका अनुसार यसमा भात वा रोटीको गल्ती होइन, तपाईंको खाने शैली गलत हुन सक्छ । कुनै पनि खानेकुरा धेरै खानु हानिकारक हुन्छ ।

सागसब्जी समावेश गर्नुहोस्

भात खाँदा पेट भरिँदैन भन्ने महसुस भएमा भातसँगै तरकारी वा दालको मात्रा अलिकति बढाउनुपर्छ । यसबाट तपाईलाई पोषण पनि मिल्नेछ र तपाईको पेट पनि भरिनेछ र तपाईको तौल पनि धेरै बढ्ने छैन ।

एसिडिटीको समस्या

रोटी खाँदा पनि पाचन प्रक्रियामा समस्या उत्पन्न हुन्छ किनभने रोटीले बढी ग्यास उत्पादन गर्छ । त्यसैले पनि रोटी खाँदा तौल कम गर्न सकिन्छ भन्ने महसुस हुन्छ । वास्तवमा रोटी कम खाँदा पनि पेट भरिएको महसुस हुन्छ र यसले तपाईंको तौल भातको तुलनामा कम बढाउने गर्छ ।

रोटीमा सोडियम उच्च हुन्छ

भात र रोटीमा खासै फरक छैन । दुबैको क्यालोरी भ्यालु र पोषण लगभग समान छ । यदि दुबैको पोषक तत्वलाई हेर्ने हो भने सोडियमको मात्रा मात्रै फरक हो । भातको तुलनामा रोटीमा सोडियमको मात्रा धेरै हुन्छ । १२० ग्राम गहुँको आटामा १९० मिलिग्राम सोडियम हुन्छ जबकी भातमा सोडियमको मात्रा शून्य बराबर हुन्छ । कति यस्ता रोग छन् जसमा सोडियम खानु हुँदैन, यस्तो अवस्थामा तपाईंले रोटीको साटो भात नै खानुपर्छ ।

तौल घटाउन सहयोगी रोटी

भातको तुलनामा रोटीमा प्रोटिन र फाइबरको मात्रा बढी हुन्छ, जसले गर्दा पाचन प्रणाली बलियो हुन्छ । रोटी खाँदा लामो समयसम्म पेट भरिएको महसुुस हुन्छ जसले गर्दा धेरै खानेकुराबाट बच्न सकिन्छ । यही कारणले तौल घटाउन चाहनेहरूलाई रोटी खाने सल्लाह दिइन्छ ।

छिटो पच्ने भात

रोटी पचाउन बढी समय लाग्छ र यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । साथै, चामलमा धेरै मात्रामा स्टार्च हुन्छ, जसका कारण यसलाई पचाउन सजिलो हुन्छ । पेट बलियो नहुनेहरूका लागि भात उत्तम विकल्प हो ।

दुवै स्वास्थ्यका लागि आवश्यक

भात र रोटी दुवै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । भात भन्दा रोटीमा धेरै पोषण पाइन्छ, जुन उत्तम विकल्प हो । यस्तै  भात खाँदा रगतमा चिनीको मात्रा द्रुत रूपमा बढ्छ, तर रोटी खाँदा त्यस्तो हुँदैन । तौल घटाउन चाहनेहरूका लागि भातभन्दा रोटी उत्तम विकल्प हो । रोटी खाँदा लामो समयसम्म पेट भरिएको महसुस हुन्छ र भोक पनि कम लाग्छ, जसले तौल घटाउन मद्दत गर्छ । तर पाचन सम्बन्धी समस्या भएका मानिसहरूलाई भात खान सल्लाह दिइन्छ ।

कार्बोहाइड्रेट पाचनमा मद्दत गर्दछ

कार्बोहाइड्रेटले ऊर्जा दिनुका साथै फ्याटलाई पचाउने काम पनि गर्छ । होल ग्रेन, ब्राउन राइस र दाल जस्ता अनाज तौल घटाउन र बोसो घटाउन सहयोगी हुन्छन् । यसमा जटिल कार्बोहाइड्रेट हुन्छन् जुन खानमा कम्तीमा ६० प्रतिशत हुनुपर्छ ।  यदि तपाईले सही मात्रामा कार्बोहाइड्रेट खानु भएको छैन भने तपाईले तौल घटाउन सक्नुहुन्न । त्यसैले खानामा कार्बोहाइड्रेडको मात्रा बढाउनुका साथै क्यालोरीको मात्रालाई पनि नियन्त्रण गर्न आवश्यक छ ।

गुड कार्बोहाइड्रेट र ब्याड कार्बोहाइड्रेट

कार्बोहाइड्रेट शरीरमा ऊर्जाको मुख्य स्रोत हो । दुई प्रकारका कार्बोहाइड्रेटहरू हुन्छन् । गुड कार्बोहाइड्रेट र ब्याड कार्बोहाइड्रेट । गुड कार्बोहाइड्रेटमा अनाज, फलफूल र तरकारीहरु पर्छन् । यी यस्ता कार्बोहाइड्रेट हुन् जुन पचाउन समय लाग्छ, जसले लामो समयसम्म पूर्णताको अनुभूति गराउँछ । यसले रगतमा चिनी र इन्सुलिनलाई अचानक बढ्नबाट रोक्छ । खराब कार्बोहाइड्रेटहरू पालिश गरिएको अन्नबाट बनाइएका चीजहरू हुन् । यसमा खासै पोषण तत्व पाइँदैनन् । ब्याड कार्बोहाइड्रेट चाँडै पच्छ । रोटी र भातमा गुड र ब्याड कार्बोहाइड्रेटको बारेमा कुरा गर्दा, चामल कुट्ने बेला चामलबाट फाइबर हट्छ । यसमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ, जुन खाएपछि सुगर र ब्लडमा बढी इन्सुलिन बन्छ र मधुमेहको खतरालाई बढाउँछ । एकपटक जब कार्ब्सलाई मेटाबोलाइज्ड गरिन्छ तब इन्सुलिनले भोक बढाउने बेस लाइनमा फर्किन बढी समय लिन्छ र धेरै खानका लागि आग्रह गर्छ, यसले तौल बढ्न सक्छ ।

फाइबरको कमीले कब्जियतको समस्या

घुलनशील फाइबरले कोलेस्ट्रोलको निर्माणलाई रोक्छ र पेटलाई सजिलै सफा गर्छ । डाइटमा फाइबर नलिने हो भने कब्जियत हुन सक्छ । रोटीमा फस्फोरस बडी सेल पाइन्छ ।  हड्डी र मृगौला बलियो बनाउँछ ।

सही विकल्प छान्नुहोस्

के खाएमा पेट राम्रोसँग भरिन्छ  वा के खाएपछि केही खान मनलाग्दैन, त्यसमा ध्यान दिनुहोस् । यदि भातको भोक मेट्छ भने भात नै खानुहोस् र भात खाएपछि पनि केही खाउँ खाउँ लाग्छ भने रोटी खानुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप