शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

बुधबार, ०१ भदौ २०७९, ०८ : ०६
बुधबार, ०१ भदौ २०७९

संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह बस्ने भएको छ ।

बालुवाटारमा स्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट बाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्नेछ ।

२०७४ सालको निर्वाचन र गत ३० बैशाखको स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँटमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँडको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप