नेदरल्यान्डविरुद्ध पाकिस्तान १६ रनले विजयी
बुधबार, ०१ भदौ २०७९, ०७ : १९
नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा पाहुना टोली पाकिस्तान १६ रनले विजयी भएको छ । योसँगै तीन खेलको शृंखलामा पाकिस्तानले १० को अग्रता बनाएको छ । मंगलबार राति पाहुना टोली पाकिस्तानले दिएको ३१५ रनको लक्ष्य नेदरल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २९८ रन मात्र बनाउन सक्यो।
नेदरल्यान्डका स्कट एडवार्डले सर्वाधिक ७१ रन बनाए । यस्तै,बिक्रमजित सिंह र टम कपुरले समान ६५ रनको योगदान गरे । पाकिस्तानका हरिस राउफ तथा नसिम शाहले समान तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३१४ रन बनायो । यसका फकर जमानले सर्वाधिक १०९ रन बनाए । यस्तै, कप्तान बाबर अजामले ७४ रन र सादाव खानले अविजित ४८ को योगदान गरे । नेदरल्यान्डका लोगान भान विक तथा बास डि लिडीले समान दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति : ओली
-
केपी ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने– ‘संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो’
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही