मानवसेवा आश्रम रुपन्देही शाखाद्वारा आफ्नै भवन सेवा प्रवाह
मानवसेवा आश्रमको रुपन्देही शाखाले आफ्नै भवनबाट सेवा प्रवाह सुरुवात गरेको छ । यस अघि बुटवल उपमहानगरपालिका वडा नं। ८, पैँचो पसल अगाडी घर भाडामा लिएर सेवा प्रवाह गरिरहेको आश्रमले मंगलबारदेखि तिलोत्तमा नगरपालिका ६ मा रहेको मोक्षधाम सेवा आश्रम परिसरभित्र आफ्नै भवन निर्माण गरि सेवा सुरुवात गरेको हो ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आश्रमको नवनिर्मित भवनको प्राङ्गणमा आयोजित गृह प्रवेश कार्यक्रममा भवनको औपचारिक समुद्घाटन गरेका थिए । नवनिर्मित भवनबाट महिला र बालिकाहरूलाई सेवा प्रदान गरिनेछ ।
मानवसेवा आश्रम रुपन्देही शाखा ०७५ सालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीको स्वीकृति लिई मानवसेवा आश्रमको दशौँ जिल्ला शाखाको रुपमा विस्तार भएको हो । शाखाले लुम्बिनी प्रदेश केन्द्रीत भएर सडक पेटी र सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनःर्मिलनको सेवा गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने