शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेसपाको सुदूरपश्चिम प्रदेश समिति गठन

बुधबार, ०१ भदौ २०७९, ०६ : ५९
बुधबार, ०१ भदौ २०७९

नेपाल समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा प्रदेश समिति गठन गरेको छ । मिनराज बडुको नेतृत्वमा नयाँ प्रदेश समिति गठन गरिएको हो । 

समितिको उपाध्यक्षमा  हरि तिमिल्सेना, बिनोद चन्द, सीता नागरी र दिनेश बिष्ट रहेका छन् भने मुख्य सचिवमा राजाराम चौधरी र सचिवमा डम्बर पाण्डे र गगन बिक चयन भएका छन् ।  त्यसैगरी कोषाध्यक्षको जिम्मेवारी सुरेन्द्र यादवलाई दिइएको छ । 

२ जना पदाधिकारी पछि पूर्ति गर्नेगरी ७१ सदस्यीय प्रदेश समिति गठन भएको हो । नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय कार्यकारिणी सदस्य जनकराज शाहले सफल कार्यकालको कामनासहित सम्मान गरेका थिए ।  

जसपाबाट छुट्टिएर नेसपा गठन भएसँगै उक्त पार्टीले संगठन विस्तारको कामलाई तीव्रता दिइरहेको छ । पार्टीले आगामी निर्वाचनमा माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप