शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन टिपर र गाडी सहित १५ क्विन्टल अवैध चिनी बरामद

बुधबार, ०१ भदौ २०७९, ०६ : ४६
बुधबार, ०१ भदौ २०७९

ईलाका प्रहरी कार्यालय सुनवल नवलपरासीले अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन गरि बोकी रहेको ३ वटा टिपरलाई नियन्त्रणमा लिएको छ ।

सोमबार साँझको समयमा सुनवल नगरपालिका-११ बर्दगोरिया क्षेत्रमा नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरि ओसारी रहेको अवस्थामा प्रहरीले लु १ क ३८९०, लु २ ख ४२९० र लु १ क ५४०२ नम्बरको टिपरहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि सुनवल नगरपालिकामा बुझाएको प्रहरी नायब उपरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।

नवलपरासी जिल्लाको खोलाहरुमा स्थानिय तस्करहरू नदीजन्य पदार्थको चोरी निकासी गरिरहेको खबर बाहिर आएपछि पालिका र प्रहरीहरु खोला क्षेत्रमा निगरानी बढाएका छन् । पालिकामा बुझाइएका ति टिपरहरुलाई निर्धारित जरिवाना गराइने पालिकाले जनाएको छ ।

त्यसैगरि प्रहरी चौकी बैरगनाथबाट खटिएको प्रहरी टोलीले रामग्राम १८ दशकट्टाबाट लु १ ज ४४०९ नम्बरको पिकअप गाडी सहित १५ क्विन्टल चिनी बरामद गरि जिल्ला प्रहरी कार्यालय मार्फत महेशपुर भन्सारलाई बुझाएको छ । बरामद चिनी ९० हजार र गाडीको मुल्य १२ लाख कायम गरि आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार बुझाइएको प्रहरी नायब उपरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप