चालु आर्थिक वर्षमा ५.८४ प्रतिशत आर्थिक बृद्धि हुने राष्ट्र बैकको प्रक्षेपण

नेपाल राष्ट्र बैकले चालु आर्थिक बर्षमा ५ दशमलव ८४ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ । राष्ट्र बैकले जारी गरेको देशको वर्तमान आर्थिक तथा बित्तिय स्थितीको बारेमा जानकारी दिदैं बार्षिक मुद्रास्फीति दर ६ दशमलव ३२ प्रतिशत रहेको उल्लेख गरेको छ । बैकले जारी गरेको मुलुकको पछिल्लो स्थितीमा आयात २४ दशमलव ७ प्रतिशत र निर्यात ४१ दशमलव ७ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष आयात २८ प्रतिशत र निर्यात ४४ दशमलव ४ प्रतिशतले बढेको जनाएको छ ।
राष्ट्र बैकले विप्रेषण प्रवाह नेपाली रूपियाँमा ४ दशमलव ८ प्रतिशत र अमेरिकी डलर २ दशमलव २ प्रतिशतले बढेको जनाएको छ । मुलुकको शोधान्तरस्थिती २५५ अर्व २६ करोडले घाटामा रहेको उल्लेख गरेको छ । अघिल्लो बर्ष शोधनान्तर स्थिती १ अर्व २३ करोडले बचतमा रहेको थियो । राष्ट्र बैकको पछिल्लो प्रक्षेपणले मुलुकको अवस्था डरलाग्दो अवस्थामा पुगेको अर्थविद्हरुले बताएका छन ।
कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर मात्रै रहेको छ । उक्त सञ्चिति ६ दशमलव ९४ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्र सक्ने अवस्था रहेको बैकले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का