बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा छ सुरक्षाकर्मीको मृत्यु, ३३ घाइते

मङ्गलबार, ३१ साउन २०७९, २३ : ०९
मङ्गलबार, ३१ साउन २०७९

भारतमा मङ्गलबार कम्तीमा छ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारत नियन्त्रित काश्मिरमा भएको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

दुर्घटनाका कारण अरु ३३ जना घाइते पनि भएका छन् । उनीहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । काश्मिरमा पर्ने पाहल्गाममा सडकमा गुडिरहेको यात्रु बाहक वस नदीमा खसेर दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।  

चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको घटनास्थलमा पुगेका सुरक्षाकर्मीहरूको भनाई छ । भारतमा चालकहरूको लापरवाही, खराब अवस्थाको सडक र पर्याप्त मर्मत नगरिएका सवारी साधनका कारण हरेक वर्ष सयौँ दुर्घटना हुने र हजारौँको मृत्यु हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप