शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय सहभागितामा व्यवसायीलाई सम्झाउँदै महानगर

मङ्गलबार, ३१ साउन २०७९, २१ : ५५
मङ्गलबार, ३१ साउन २०७९

काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमणविरुद्ध सचेतना अभियान थालेको छ । अभियानमा सडक अतिक्रमण गरेर  अनौपचारिक रुपमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई पैदल यात्रामा उत्पन्न हुने कठिनाई, यात्रुले सडकबाट हिँड्नु पर्ने बाध्यता र यसले निम्त्याउने सम्भावित दुर्घटना विषयमा सम्झाई बुझाई गरेर अनधिकृत व्यापार नगर्न आग्रह गर्ने गरिएको हो ।

यससँगै औपचारिक रुपमा व्यापार गर्नेहरुलाई सामान सडकमा ननिकाल्न, ठाउँ बढाउन थप संरचना नबनाउन, त्रिपाललगायत सामान छोप्ने वस्तु राखेर सुन्दरता बिगार्न अनुरोध गर्ने गरिएको छ ।  ‘अहिले हामीले बानेश्वर र बालाजु माछापोखरी क्षेत्रमा यसप्रकारको अभियान थालेका छौँ । महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाले भने,‘अव्यवस्थित व्यापारले सहरी सुन्दरता बिगार्छ, यसप्रकारको व्यवसाय सरकारसँग जिम्मेवार देखिँदैन । त्यसैले अनौपचारिक व्यापारलाई औपचारिक बनाउनुस् । महानगरलाई सहयोग गर्नोस् भन्ने सन्देश दिने उद्देश्यले अभियान थालिएको हो ।’ अभियानमा नगर प्रहरीसँगै दैनिक ३० जनादेखि ५० जनासम्म स्वयमसेवक परिचालन गर्ने गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप