शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्रिवि कर्मचारी सङ्घले बुझायो ज्ञापनपत्र

मङ्गलबार, ३१ साउन २०७९, २१ : ४४
मङ्गलबार, ३१ साउन २०७९

त्रिभुवन विश्वविद्यालयलाई त्रिवि कर्मचारी सङ्घले ४५ बुँदे ज्ञापनपत्र बुझाएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटालाई सङ्घका अध्यक्ष छत्रबहादुर कार्कीले उक्त ज्ञापनपत्र बुझाएका हुन् । 

ज्ञापनपत्रमा त्रिविका विभिन्न निकायमा आन्तरिक स्रोतबाट कार्यरत रहेका कर्मचारीलाई नियमित करार गराउनुपर्ने, त्रिविमा रजिष्ट्रार तथा सहपरीक्षा नियन्त्रक,  उपनिर्देशक, सहायक क्याम्पस प्रमुखलगायतका पदाधिकारी कर्मचारीबाट नियुक्ति गराउनुपर्ने, त्रिविका कर्मचारीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्नेलगायत माग छन् । 

यस्तै त्रिविका कर्मचारीलाई आन्तरिक पर्यटन प्रवद्र्धनका लागि १० दिने पर्यटन काजको व्यवस्था गर्नुपर्ने, त्रिविको बौद्धिक सम्पत्तिको संरक्षण गर्दै संस्थागत अभिलेखको व्यवस्थापन गर्नुपर्ने, विश्वविद्यालय सुधारको अल्पकालीन र दीर्घकालीन रणनीति तयारी गरी श्वेतपत्र जारी गर्नुपर्ने, विश्वविद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने र अध्ययन, अनुसन्धान, ज्ञान निर्माण र उच्च प्रशासनिक अभ्यास केन्द्रको रुपमा विकास गर्नुपर्ने माग ज्ञापनपत्रमा समेटिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप