फिजी एक चीन नीतिप्रति प्रतिबद्ध
फिजीका प्रधानमन्त्री भोरेके बैनीमारामाले एक चीन नीतिप्रति आफ्नो देशको प्रतिबद्धता दोहोर्याएका छन् । उनले सोमबार न्युजिल्यान्डस्थित रेडियो तरानासँगको अन्तर्वार्तामा चीन-फिजी सम्बन्ध बलियो भएको बताएका हुन् । "म सबैलाई स्पष्ट पार्न चाहन्छु । हामी एक चीन नीतिप्रति प्रतिबद्ध छौँ । चीन फिजी र प्रशान्त क्षेत्रको लागि महत्त्वपूर्ण विकास साझेदार हो," उनले भने ।
बैनीमारमाले चीन र फिजीबीचको घनिष्ट सहयोगको थप उल्लेख गर्दै "चीनसँग फिजीको द्विपक्षीय सम्बन्ध बलियो रहेको र यसले पारस्परिक सहयोगका धेरै क्षेत्रहरू ओगटेको बताउँनु भएको छ। यो वर्ष हामीले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको ४७ वर्ष पूरा भएको छ। विश्वव्यापी महामारीको समयमा पनि फिजीले चीनबाट विभिन्न किसिमका सहयोग आदानप्रदान, क्षमता निर्माण, पूर्वाधार, लगानी, व्यापार, रक्षा र चिकित्सा लगायत सहायता पनि प्राप्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
-
राजीनामा दिने सोचमा पुगेकै हुन् त क्यानडाका प्रधानमन्त्री ?
-
काठमाडौँमा जुवा खेलिरहेका १७ जना पक्राउ
-
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
-
सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव
-
उपनिर्वाचनमा माओवादीको अस्वाभाविक मत वृद्धि : प्रचण्डको उत्साह कति स्वाभाविक ?