शेखरले बुधबार विहान अनुपम फुडल्याण्डमा बोलाए जनप्रतिनिधिलाई
मङ्गलबार, ३१ साउन २०७९, २१ : ३५
नेपाली काँग्रेसका नेता शेखर कोइरालाले काठमाडौंमा उपलब्ध काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिका लागि चियापान तथा भेटघाट कार्यक्रम राखेका छन् । नेता कोइराला बुधबार विहान ८ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा चियापान तथा भेटघाट कार्यक्रम आयोजना गरेको उनको सचिवालयले जनाएको छ ।
स्थानीय निर्वाचनमा काँग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा पालिका प्रमुख र उपप्रमुख साउन ३० र ३१ गते अभिमुखीकरण कार्यक्रममा लागि काठमाडौंका थिए । अभिमुखीकरण कार्यक्रममा सकिएको भोलिपल्ट कोइरालाले उनीहरुसँग चियापान तथा भेटघाट कार्यक्रम राखेका हुन् ।
प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवाले भने जनप्रतिनिधिलाई सोमबार रात्रिभोज दिएका थिए । अभिमुखीकरण कार्यक्रम भएको स्थान ललितपुरको हेरिटेज गार्डेनमा देउवाले रात्रिभोज दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा