शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेमगञ्ज’ लाई प्रिमियर मिश्रित प्रतिक्रिया

मङ्गलबार, ३१ साउन २०७९, २१ : ३१
मङ्गलबार, ३१ साउन २०७९

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमगञ्ज’ प्रिमियर गरिएको छ । मंगलबार नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा आयोजित प्रिमिएरमा फिल्मका तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ लगायत कलाकार, निर्देशक, निर्माता, रंग पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।

प्रिमिएरमा फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ । परिच्छेद सेनले निर्देशन गरेको फिल्मले विवाहपछि पनि कायम रहने प्रेम र संघर्षलाई विषय बनाएको छ । फिल्ममा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का लगायत कलाकारको अभिनय छ । यो फिल्मबाट तेज गिरीले अभिनेताको रुपमा डेब्यु गरेका हुन् । तेज पेसाले बैंकर हुन् ।

फिल्ममा स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप