बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाद्वारा गिरिको स्वास्थ्य लाभको कामना

मङ्गलबार, ३१ साउन २०७९, २१ : २६
मङ्गलबार, ३१ साउन २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् ।  प्रधानमन्त्री देउवाले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका नेता गिरिको स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रतिनिधिसभा सदस्य गिरि विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना पहिले नेपाल आएका थिए ।  नेपाल आउनासाथ निमोनिया देखिएकाले नेपाल मेडिसिटी अस्पतालमा यही साउन ९ गते भर्ना भई उनको उपचार भइरहेको छ । अस्पतालका डा पङ्कज बर्मनको नेतृत्वमा रहेको चिकित्सकको समूहले गिरिको उपचार गरिरहेको छ । चिकित्सक एवं परिवारका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप