शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साङ्ग्रिला मुद्दती धमाका योजना खाता सञ्चालनमा

मङ्गलबार, ३१ साउन २०७९, २१ : ०७
मङ्गलबार, ३१ साउन २०७९

साङ्ग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी साङ्ग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ । ग्राहकहरूले यो योजना न्यूनतम मौज्दात रु दश हजारबाट सुरु गर्न सक्नेछन् । 

यस मुद्दती योजना अन्तर्गत बचत रकम अनुसार ४ गुणा, ५ गुणा र १० गुणा सम्म प्रतिफल प्राप्त गर्न सकिनेछ । ग्राहकले यस योजना अन्तर्गत आफ्नो बचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम÷प्रतिफल प्राप्त गर्न सक्नेछन् भने सोही अनुसार १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः ५ गुणा र १० गुणा रकम÷प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्ने समेत व्यवस्था गरिएको छ । ग्राहकले आफ्नो बचत रकममा कर्जा लिने÷दिने दिन सम्म पुँजीकरण गरिएको व्याज रकम समेत जोडेर हुन आउने रकमको ८० प्रतिशत सम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । 

यस योजनामा सहभागी हुन चाहने ग्राहकहरुले मुलुकभर रहेको ११२ शाखा कार्यालयहरू मार्फत सुलभ तरिकाले खाता खोली रकम बचत गर्न तथा कर्जा सुविधा लिन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र सञ्चालन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप