शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोटेश्वरमा युवकको हत्या गरेर कतारमा चालक बनेर लुकेका थिए रामकुमार, १६ वर्षपछि पक्राउ

मङ्गलबार, ३१ साउन २०७९, २० : ४७
मङ्गलबार, ३१ साउन २०७९

काठमाडौंको कोटेश्वर चोकमा सामान्य विवाद हुँदा २०६३ साउन २ मा मनोज खड्कालाई एकजना युवकले साथी बोलाएर आक्रमण गरे । कुटपिटबाट गम्भीर घाइते भएका २३ वर्षका मनोज खड्कालाई ट्याक्सी चालकले अस्पताल लाँदै थिए, वीर अस्पताल नपुग्दै उनको मृत्यु भयो ।

कुटेर भाग्ने मध्येका मुख्य व्यक्ति थिए राम कुमार मगर । दोलखाका बैतेश्वर गाउँपालिका–२ टार घर भएका ३६ वर्षका रामकुमार आफूलाई कुमार लामा र कुमार भोटे भनेर चिनाउँथे । एक्कासी भएको विवादमा धारिलो हतियार प्रहार गरेर मनोजको हत्यापछि रामकुमार भारततिर लागे । त्यहाँबाट कतार भागेका उनलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । रेड कर्नर नोटिश जारी गरेर प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाको समन्वयमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । 

कोटेश्वर चोकमा एक्कासी मनोज खड्कासँग विवाद भएपछि राम कुमारले साथी बोलाएर कुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीसहित ५ जनाले कुटेको र मनोज अचेत भएर ढलेपछि आरोपीहरु भागेका थिए । मृतकले ट्याक्सि चाकलसँग ‘कुमार भोटेले मलाई कुटेको’ भनेका थिए । ट्याक्सि चालकको बयानका आधारमा प्रहरी राम कुमारसम्म पुगेको थियो । 

घटनास्थलमा फेला परेको फोटो र चालकको बयानका आधारमा ११ वर्षदेखि पछ्याएर आरोपीलाई पक्राउ गरिएको अनुसन्धानका संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप