बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नदीले बगाउँदा रुसी नागरिक बेपत्ता

मङ्गलबार, ३१ साउन २०७९, २० : ३६
मङ्गलबार, ३१ साउन २०७९

तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ बेणीसंगमस्थित कालीगण्डकी र त्रिशुली नदीको संगमस्थलमा बगेर रुसी नागरिक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज खड्काका अनुसार २९ वर्षीय पिटर रुजिन नुहाउने क्रममा नदीमा बगेर बेपत्ता भएका हुन् ।

उनको खोजतलासका लागि इलाका प्रहरी कार्यालय देवघाट, तनहुँबाट प्रहरीको टोली परिचालन भएको र खोजतलास भइरहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप