बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली मुद्रा ६.६४ प्रतिशतले अवमूल्यन

मङ्गलबार, ३१ साउन २०७९, २० : १८
मङ्गलबार, ३१ साउन २०७९

गएको एक वर्षमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ६.६४ प्रतिशतले अवमूल्यन भएको छ । आर्थिक वर्ष २०७८/७९ को अन्तिम वित्तीय रिपोर्ट सार्वजनिक गरेको राष्ट्र बैंकले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । 

२०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ६.६४ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्ष नेपाली रुपैयाँ १.१ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७९ असार मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १२७.५१ रुपैयाँ पुगेको छ । यस्तो विनिमयदर २०७८ असार मसान्तमा १ अमेरिकी डलर बराबर ११९.०४ रुपैयाँ रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप