शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

३९ अर्बले बढ्यो विदेशी मुद्राको सञ्चिति

मङ्गलबार, ३१ साउन २०७९, २० : ११
मङ्गलबार, ३१ साउन २०७९

गएको एक महिनामा झण्डै ३९ अर्ब रुपैयाँले विदेशी मुद्राको सञ्चिति बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबार आर्थिक वर्ष २०७८÷७९ को असारको वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैंकले जेठमसान्तदेखि असार मसान्तसम्म ३८ अर्ब ९६ करोड रुपैयाँ विदेशी मुद्राको सञ्चिति बढेको जनाएको हो ।

यद्यपि, यस्तो सञ्चिति अघिल्लो वर्षको असार मसान्तभन्दा १३.१ प्रतिशतले घटेको बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब ३ करोड बचतमा रहेको सञ्चिति आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा १३.१ प्रतिशतले घटेर १२ खर्ब १५ अर्ब ८० करोड कायम भएको जनाएको छ । यस्तो मुद्रा सञ्चितिले ६.९ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने समेत बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप