मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रथयात्रामा स्वास्थ्य मापदण्ड ख्याल गर्न मुख्यमन्त्रीको आग्रह

मङ्गलबार, ३१ साउन २०७९, १९ : ५२
मङ्गलबार, ३१ साउन २०७९

१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउनेगरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न प्रदेश नं. १ स्थित सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।  प्रदेश नंं. १ को धार्मिक तथा सांस्कृतिक परम्पराको रुपमा रहेको रथयात्रा यस वर्ष कोभिड संक्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पन्न गर्न उनले रथायात्रा व्यवस्थापन समिति र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका हुन् । 
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार रथयात्रा तथा सञ्चालन हुने स्थानबारे जानकारी लिएपश्चात् मुख्यमन्त्री राईले परम्परा पनि कायम हुने र नागरिकको स्वास्थ्य पनि जोखिम नहुनेगरी रथयात्राको व्यवस्थापन गर्न आग्रह गरे ।  विराटनगरमा हरेक वर्ष श्रीकृष्णजन्माष्टीको भोलिपल्ट भव्य रथयात्रा हुने गर्दछ । उक्त रथयात्रामा लाखौंको संख्यामा भक्तजनहरू सहभागी हुने गर्छन् । 
यस वर्ष कोभिड संक्रमणलाई ख्याल गर्दै झाँकीबाहेकको रथयात्रा निकाल्ने तयारी राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप