शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालका चालू खाता ६ खर्ब २३ अर्ब घाटामा

मङ्गलबार, ३१ साउन २०७९, १९ : ३९
मङ्गलबार, ३१ साउन २०७९

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको चालू खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान तथा वित्तीय स्थिती’ तथ्यांकअनुसार देशको चालू खाता ६ खर्बभन्दा धेरैले घाटामा रहेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा चालू खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा थियो । जुन, गत वर्षको कूल घाटाको तुलनामा २ खर्ब ९० करोडले कम हो । यसैगरी, अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५ अब १७ करोडले घाटामा रहेको छ ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर ३४.५ प्रतिशतले कमी आई ९ अर्ब ९९ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४.९ प्रतिशतले कमी आई १८ अर्ब ५६ करोड कायम भएको छ । अघिल्लो वर्ष वर्ष पुँजीगत ट्रान्सफर १५ अर्ब २६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा वर्षमा शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब १४ करोडले घाटामा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप