बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

४.८ प्रतिशतले बढ्यो रेमिट्यान्स, गत वर्ष १० खर्ब ७ अर्ब भित्रियो

मङ्गलबार, ३१ साउन २०७९, १९ : २६
मङ्गलबार, ३१ साउन २०७९

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको विप्रेषण (रेमिट्यान्स) आप्रवाह ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष उक्त प्रतिशतले रेमिट्यान्स बढेको हो ।

४.८ प्रतिशतले बढेसँगै रेमिट्यान्स आप्रवाह १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा रेमिट्यान्स आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । यसैगरी, गत आर्थिक वर्षमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.२ प्रतिशतले वृद्धि भइ ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) र (नयाँ र वैधानिकीकरण) लिनेको संख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । समीक्षा अवधिमा ३ लाख ५४ हजार ६६० जनाले श्रम स्वीकृती लिएको केन्द्रीय बैंकले जनाएको छ ।

अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले बढेर २ लाख ८२ हजार ४५३ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो । यसैगरी, समीक्षा वर्षमा खुद ट्रान्सफर ४.३ प्रतिशतले वृद्धि भइ ११ खर्ब १७ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ९.१ प्रतिशतले बढेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप