शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमालेमा प्रवेश

मङ्गलबार, ३१ साउन २०७९, १९ : २४
मङ्गलबार, ३१ साउन २०७९

लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादव एमालेमा प्रदेश गरेका छन् । उनी २०७४ को प्रदेशसभा निर्वाचनमा बाँकेको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका थिए ।

यसअघि उनी जसपामा थिए । बाँकेमा मंगलबार आयोजित एक कार्यक्रमका नेकपा एमाले केन्द्रीय कमिटी उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय कमिटी सचिव एवं एमाले लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा लगायतले यादवलाई पार्टीमा स्वागत गरेका हुन् ।

यसअघि एमाले नेतृत्वको प्रदेश सरकारमा पार्टीको निर्णयबिना सहभागी भएको भन्दै उनलाई जसपाले कारवाही गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप