आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

हर्क साम्पाङले भेटे प्रचण्ड, श्रम अभियानमा जोडिन आग्रह

मङ्गलबार, ३१ साउन २०७९, १८ : ०४
मङ्गलबार, ३१ साउन २०७९

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेटेका छन् । मंगलबार मेयर साम्पाङसँगै उपमेयर इन्द्रविक्रम मेघाले  खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

मेयर र उपमेयरले धरानको विकास र समृद्धिका विषयमा कुराकानी गरेको  प्रचण्डको सचिवालयले जनाएको छ । साम्पाङले धरानको श्रम अभियानमा जोडिन समेत प्रचण्डलाई आग्रह गरेका थिए । 
धरानमा साम्पाङ स्वतन्त्रबाट मेयर निर्वाचित भएका हुन् भने मेघा माओवादी केन्द्रबाट निर्वाचित हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप