आयल निगमको मनपरी, सस्तोमा किनेर पनि घटाएन तेलको मूल्य
![आयल निगमको मनपरी, सस्तोमा किनेर पनि घटाएन तेलको मूल्य](https://rpcdn.ratopati.com/media/albums/nepal-oil-1_lI4gx2eIQX.jpg)
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेपनि समायोजनमा आनाकानी गरेको छ। भारतीय आयल निगमलाई तिर्ने बक्यौता धेरै रहेको बहाना बनाउँदै निगमले नाफा हुँदाहुँदै पनि मूल्य घटाउन आनाकानी गरेको हो ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमले भारतीय आयल निगमलाई विगत ४ महिनादेखि अझै रु २३ अर्ब तिर्न बाँकी रहेकाले मूल्य नघटाइ यथावत राख्ने जनाएको हो । नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा ४.७४ पैसा नाफा हुँदा पनि मूल्य घटाइएको छैन । यस्तै निगमले डिजेलमा ४.५० पैसा घाटा देखाएको छ भने ग्यासमा पनि ४९९.५७ रुपैयाँ घाटा देखाएको छ । हवाइ इन्धन र मट्टितेलमा नाफा नै देखाइएको छ।
निगमले आफ्ना कर्मचारीलाई बोनस र विभिन्न शीर्षकमा सुविधा दिँदै आएको छ भने उपभोक्तालाई चाहिँ लगातार तीन पटक मूल्य घटेर आउँदा पनि समायोजन गरेको छैन । जबकी निगमले स्वचालित मूल्य प्रणाली भन्दै बढेको बेलामा चाहिँ विगतमा भाउ बढाउँदै आएको थियो । मंगलबार निगमलाई प्राप्त मूल्यसूचीअनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर आएको थियो । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा तथा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती