मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुरामजी र म एकठाउँमा उभियौँ, अब कसैले रोकेर रोकिँदैन : प्रचण्ड

मङ्गलबार, ३१ साउन २०७९, १७ : २६
मङ्गलबार, ३१ साउन २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई एक ठाउँमा उभिएको बताएका छन् । अब एक ठाउँमा उभिन आफूहरुलाई कसैले रोक्न नसक्ने पनि प्रचण्डले बताए । 

‘बाबुरामजी र प्रचण्डसँगै उभिने कुरा धेरै ठूलो अर्थ छ । हामी उभियौँ अब । अब कसैले रोकेर रोकिँदैन’, प्रचण्डले मंगलबार सञ्चारकर्मीहरुसँग भने, ‘त्यो ठूलो कुरा हो भनेर म भन्न चाहान्छु ।’ यद्यपि आजनै पार्टी एकता भने नभएको उल्लेख गर्दै प्रचण्डले चुनाव पछाडि एउटै केन्द्र बनाउने भन्ने समझदारी भएको बताए ।

‘अहिले चुनाव चिह्न, घोषणापत्र, उम्मेदवार साझा हुने भएपछि हामी एक ठाउँमा उभियौँ’, प्रचण्डले भने, ‘यसले नेपालको राजनीति र परिवर्तनलाई संस्थागत गर्ने कुरामा, देशलाई आर्थिक समृद्धिको दिशामा लैजाने कुरामा पनि निकै ठूलो महत्व छ ।’

उनले चुनावपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलगायतलाई समेटेर कम्युनिस्ट पार्टी बनाइने बताए । ‘एकता चुनावअघि सम्भव छैन । तर चुनावपछि चाहिँ नेकपा वा त्यसको पछाडि समाजवादी वा अरु केही हुनसक्छ’, प्रचण्डले भने । उनले निर्वाचन आयोगमा माओवादी र नेसपाले संयुक्त रुपमा पार्टी दर्ता गराएपछि बाबुरामलगायतसँग फेरि बैठक बसेर मिलेर जाने विषयमा गम्भीर छलफल भएको पनि बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप