आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा र प्रचण्डमाथि ओलीको आक्रोश : राजनीतिमा घृणाभाव जागृत भयो

मङ्गलबार, ३१ साउन २०७९, १७ : ०६
मङ्गलबार, ३१ साउन २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि खनिएका छन् । ओलीले देउवाले श्रीमती र सालाहरु अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि छोरीलाई मेयर बनाउन मरिहत्ते गर्दा राजनीतिमा घृणाभाव पैदा भएको जिकिर गरे । 

मंगलबार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा थप घृणाभाव जागृत भएको तर्क समेत गरे । अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरुले राजनीतिक नगरेको उल्लेख गर्दै त्यसका विरुद्ध लड्न पनि सबैलाई आह्वान गरे । राजनीति देशका लागि, जनताका लागि, विश्व शान्ति र मानवजातिको हितका लागि हुनुपर्ने भन्दै उनले त्यसको पक्षमा आफूहरु दृढतापूर्वक उभिरहेको दावी समेत गरे । 

अध्यक्ष ओलीले राजनीतिमा एकथोपा पनि पसिना नबगाएकाहरुले यसलाई इन्जोय गर्ने माध्यमको रुपमा लिएको टिप्पणी समेत गरे । अध्यक्ष ओलीले राजनीतिमा सहभागी भएर असाधारण योगदान गरिरहेको भन्दै महिलाहरुको प्रशंशा समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप