सिद्धार्थ बैंक र मोको डिजिटल वालेटबीच भुक्तानी सेवासम्बन्धी सम्झौता

person explore access_timeसाउन ३१, २०७९ chat_bubble_outline0

सिद्धार्थ बैंकले फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ । बैंकका ग्राहकवर्गहरुले मोको डिजिटल वालेटमार्फत नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सहकार्यमा आफ्नो डेबिट र क्रेडिट कार्ड सहज रुपमा लोड गरी मोबाइल टपअप, इन्टरनेट, विद्युत तथा खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । 


ग्राहकवर्गहरुले आफ्नो डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लोड गरे पश्चात् भौतिक कार्ड साथमा नभए पनि मोको एप मार्फत विद्युतीय भुक्तानी गर्न सक्नेछन् । यसले गर्दा ग्राहकवर्गहरुको विद्युतीय भुक्तानी सेवा अझ छिटो र सहज हुने विश्वास बैंकले लिएको छ ।
 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।