शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

३६ लाख नगदसहित पक्राउ

मङ्गलबार, ३१ साउन २०७९, १६ : ३९
मङ्गलबार, ३१ साउन २०७९

सर्लाहीको बरहथवाबाट रकमसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले रु  ३६ लाख  नगद र  गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–७ स्थायी घर भई काठमाडौँको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण–२ दुवाकोटका ३१ वर्षीय विशाल खत्री रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । मोटरसाइकलसहित उनीहरुलाई रोकेर प्रहरीले खानतलासी गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप