शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगमा वामदेवलाई प्रश्न : चुनावपछि प्रधानमन्त्री बन्ने हो ?

मङ्गलबार, ३१ साउन २०७९, १७ : ०१
मङ्गलबार, ३१ साउन २०७९

प्रधानमन्त्री बन्ने चाहना राख्दै आएका नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निर्वाचन आयोग परिसरमा पत्रकारहरुले यही प्रश्न गरे । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट संघीय निर्वाचन लड्ने सहमतिपछि आयोगमा यसबारे थप बुझ्न पुगेका उनलाई सञ्चारकर्मीहरूले प्रश्न गरिहाले–निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने हो ?

जवाफमा उनले प्रधानमन्त्रीको कुराले सबैकुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गरे । अघिल्लो निर्वाचनमा पनि उनले प्रधानमन्त्री बन्ने चाहनाका साथ चुनाव लडेका थिए । तर, उनी सञ्जय गौतमसँग पराजित भए । पछि पनि उनले उपनिर्वाचनमार्फत चुनाव लड्न चाहेपनि आलोचना भएपछि त्यो प्रयास सफल भएको थिएन । उनलाई तत्कालीन नेकपा सरकारका पालामा राष्ट्रियसभामा मनोनित गरिएको थियो । 

उनै गौतम फेरि माओवादीको चुनाव चिह्नबाट संघीय निर्वाचन लड्न तम्सिएका हुन् । केही समयअघि मात्र एक सार्वजनिक कार्यक्रममा नेता गौतमले प्रधानमन्त्रीको दाबेदार बन्ने थाहा पाएपछि पार्टी नै पराजित गर्न लागिपरेको बताएका थिए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप