शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भिजाएको गहुँ खानुका फाइदा अनेक, तरिका के ?

मङ्गलबार, ३१ साउन २०७९, १५ : ४१
मङ्गलबार, ३१ साउन २०७९

होल ग्रेन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । धेरैजसो स्वास्थ्य विशेषज्ञहरूले अनाज खान सल्लाह दिन्छन् । हामी मध्ये धेरैले चना, ओट्स जस्ता चिजहरु पुरै खान्छौँ तर गहुँको पनि पूर्ण रुप खाँदा यसले स्वास्थ्यलाई थुप्रै फाइदा दिन्छ भन्ने कुरा तपाईंलाई थाहा छ त ? विशेषगरी तपाईं नियमित रुपमा चना जस्तै गहुँलाई पनि भिजाएर खानुहुन्छ भने यसले मोटोपना, मृगौला, छाला र कपालका समस्यालाई नियन्त्रण गर्न सक्छ । आज हामी तपाईंलाई यस लेखमार्फत् गहुँलाई भिजाएर खानुका फाइदाबारे जानकारी दिँदै छौँ ।

पोषक तत्वले भरपुर

भिजेको गहुँ खाँदा शरीरलाई धेरै पोषक तत्व प्राप्त हुन्छ । वास्तवमा गहुँलाई पिसेर खाँदा त्यसमा रहेका धेरै पोषक तत्व नष्ट हुन्छन् । यस्तो अवस्थामा गहुँ भिजाएर खानु स्वस्थकर हुन्छ ।

छाला र कपालको लागि लाभदायी

भिजेको गहुँ खाँदा छाला र कपालको चमक बढ्छ । यसमा पाइने एन्टी(अक्सिडेन्ट, एन्टी(इन्फ्लेमेटरी गुणले छाला र कपालको धेरै समस्याहरूलाई कम गर्न सक्छ, जसले गर्दा कपाल र छालाको समस्या कम हुन्छ ।

मृगौला स्वस्थ राख्न

भिजाएको गहुँको सेवनले मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ । यसले तपाईंको मृगौला ग्रन्थि र स्नायु प्रणालीको बल बढाउँछ । यसले धेरै नयाँ कोशिकाहरू बनाउँछ, जुन मृगौला स्वस्थ राख्न प्रभावकारी हुन्छ ।

बोसो घटाउन

भिजेको गहुँ खाँदा शरीरको अतिरिक्त बोसो घटाउन सकिन्छ । वास्तवमा, गहुँमा फाइबर धेरै हुन्छ । जसका कारण बारम्बार खान मन लाग्दैन । यस्तो अवस्थामा शरीरमा रहेको अतिरिक्त क्यालोरी र बोसो धेरै छिटो जल्छ । यसबाहेक, गहुँको सेवनले मेटाबोलिज्मलाई बढाउँछ, जसले तौल घटाउनका साथै शरीरमा रहेको विषाक्त पदार्थलाई कम गर्न मद्दत गर्छ ।

पाचनमा सुधार

भिजाएको गहुँ खाँदा पाचन क्रियालाई स्वस्थ राख्न सकिन्छ । यसमा पाइने फाइबरले पाचन प्रक्रियालाई सहज बनाउँछ, जसले तपाईको पाचन शक्तिलाई मजबुत बनाउँछ ।

भिजेको गहुँ कसरी खाने ?

भिजेको गहुँ खानु शरीरका लागि फाइदाजनक हुन्छ । यसलाई खानको लागि, १ मुट्ठी गहुँ लिनुहोस् । त्यसमा अलिकति चना, बियाँ र किसमिस हालेर ६ देखि ७ घण्टासम्म भिजाएर राख्ने । त्यस पछि यसलाई खानुहोस् । यसको नियमित सेवनले तपाईंले धेरै फाइदा पाउनुहुनेछ । यसबाहेक, तपाईंले गहुँ भिजाएर धेरै प्रकारका खानामा पनि प्रयोग गर्न सक्नुहुन्छ ।

गहुँ स्वास्थ्यका लागि निकै स्वस्थकर हुन्छ । तर यदि तपाईंलाई पहिला नै कुनै स्वास्थ्य समस्या छ भने यो खानुभन्दा अघि सुरुमा विज्ञको सल्लाह लिनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप