बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट हराएका २५ वटा मोटरसाइकल र स्कुटर फेला

मङ्गलबार, ३१ साउन २०७९, १५ : ३९
मङ्गलबार, ३१ साउन २०७९

काठमाडौं उपत्यकाबाट हराएका मोटरसाइकल र स्कुटर उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुसन्धान गरेर फेला पारेको छ । अनुसन्धानबाट भेटिएका २५ वटा दुईपांग्रे सवारी–साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मंगलबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा एसएसपी राजेन्द्र प्रसाद भट्टले १६ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे । सुचना संकलन गरेर चोरीमा संलग्न आरोपीहरुलाई समेत पक्राउ गरेर कारवाहीका लागि विभिन्न प्रहरी युनिटमा पठाउने गरिएको एसएसपी भट्टले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/०७८ मा उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४ सय १९ वटा र २०७८–०७९ मा ५ सय ६ वटा दुईपांग्रे सवारी फेला पारेर धनीलाई जिम्मा लगाएको छ । सो अवधिमा मोटरसाइकल र स्कुटर चोरीमा संलग्न ९९ जनालाई पक्राउ गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप