मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु

मङ्गलबार, ३१ साउन २०७९, १५ : २९
मङ्गलबार, ३१ साउन २०७९

बाराको निजगढ नगरपालिका–६ पानीट्यांकीमा मंगलबार स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुष रहेका छन् ।

उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान सवा ९ बजे विद्यासागर इङलिस बोर्डिङ स्कुलको प्रदेश २–०३–००१ क १०३७ नम्बरको बसले चढ्दै गरेका रायलाई पछाडिको चक्काले किचेको थियो । 

बससहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप