‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ आयोजना हुने
मोडलिङमा भविष्य खोज्नेहरूका लागि सहयोग पुर्याउने उदेश्यले ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ आयोजना हुने भएको छ । आयोजक ट्यालेन्ट पिक इन्कर्पोरेटले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको हो ।
१८ वर्षदेखि माथिको उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवकको हकमा कम्तीमा ५ फिट ५ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट उचाई हुनुपर्ने प्रावधान राखिएको छ । प्रतियोगिताको अडिसन भाद्र ११ गते हुनेछ । अडिसनबाट छनोट भएका प्रतियोगीले फाइनलमा सहभागी हुन पाउने आयोजक परमानन्द चौधरीले बताए । अडिसनमा सहभागी हुन इच्छुक प्रतिस्पर्धाले ग्लोबल अनलाईन पेमार्फत आफ्नो आवेदन दिन सक्नेछन् ।
आयोजक संस्थाकी मेनेजर स्वस्ती दंगालले अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई करिब एक महिनासम्म व्यक्तित्व विकास, सञ्चार कला, पब्लिक स्पिकिङ, शारीरिक फिटनेस, ¥याम्प वाक, बडी ल्याङ्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइने बताइन् ।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ बराबरको उपहारसहित अन्तर्राष्ट्रिय फेसन र मोडलिङ सम्बद्ध विभिन्न आकर्षक अवसरहरू प्राप्त गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी