विवेकशील साझाले गर्यो दल दर्ता
मङ्गलबार, ३१ साउन २०७९, १५ : २१
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ । मंगलवार दिउँसो निर्वाचन आयोगमा पुगेर पार्टीले दल दर्ता गरेको हो ।
पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, संयोजक सञ्जीववल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरु आगामी निर्वाचन प्रयोजनार्थ दल दर्ता गर्न पुगेका थिए । आइतवार पार्टीले अध्यक्ष पदबाट रविन्द्र मिश्रले दिएको राजीनामा स्वीकृत गर्दै अध्यक्षमा बाँस्कोटा र संयोजकमा भट्टराईलाई चयन गरेको थियो ।
निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिको निर्णयलाई अवज्ञा गर्दै बागमती सरकार
-
प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
शुक्रबार र शनिबार कहाँ-कहाँ हुन्छ वर्षा ?
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?