बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तेस्रोपटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

मङ्गलबार, ३१ साउन २०७९, १६ : ५६
मङ्गलबार, ३१ साउन २०७९

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर मूल्यसूची आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा घटेर आएको निगम स्रोतले बताएको छ । यसैगरी, हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको बताइएको छ । 

पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि निगमको घाटा भने झनै चुलिने भएको छ । नयाँ मूल्यसूचीअनुसार निगमलाई डिजेल र एलपीजी ग्यासको बिक्रीमा घाटा छ । यसअनुसार निगमले मासिक ६५ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने बताइएको छ । यस्तै, नेपाल सरकारले टेकुको जग्गा धितो राखेर दिएको ऋणको किस्तासमेत बुझाउनुपर्दा निगमको मासिक घाटा ७५ करोड रुपैयाँ पुग्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप